रानिवन, मधुवन अनि मेरो जीवन
प्रकृतीको रमणीयतामा मुग्ध
तिमीबाट सधैनै ताढा यो तन् मन्।
लर्बराउन खोज्दैछन् हात्हरु
मायाको कम्पनले होकी
ज्वालामुखी पगाल्न खोज्दै छ
हाय राम् प्रकृतीको यो कस्तो रीति।
समया चक्र दौडदै छ
सायद रोकिन्छकि हेर
मेरो दिवा सपना
पुरा हुनेहो कती खेर।
अनकण्टार जंगलको बटुवा
समय चक्र रोक्न खोज्दै छ
एक शासमा प्रकाससँगै जंगल छिचोल्न,
दौडिरहेछ
प्रेयसीको सामिप्यमा सारा थकाई मेट्ने आशमा।
अन्त्य कति बिभत्स छ
निर्बस्त्र पारिदिन्छ सबैलाइ
आमाको कोखबाट निस्किएको दुधे बालक
फेरिपनि पुग्दछ तेही
समय उल्टो घुम्न थालेछ मालिक
मायाको प्रतिबिम्ब भएछ खालि निर्जिब सालिक।
विहानीको सुर्योदय सँगै
चार दिवारको अन्धकार्मा
रुमल्लिरहेको एक यात्रि
एसरिनै बित्ने हो कि जीवन
वीना सहयात्री।
हिमाल छुनु छैन
नाप्न देऊ समुन्द्रको गहिराई
अझै कति तड्पाउछेऊ
हासिहासि प्रतिबिम्ब मेरो जलाई
प्रतिबिम्ब मेरो जलाई।
Saturday, March 15, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment