Saturday, March 15, 2008

रुवाउन मन लाग्यो




Man is born free, and everywhere he is in shackles- Rousseau
ति माहान दार्शनिकको चिन्तनलाई गल्हत्याउन खोजेको त होइन तर आफ्नै जीन्दगीको छाँया हेर्दा लाग्छ सायद ती साङ्गलाहरु जन्म अघिनै बुनिएका हुन्छन्। प्रतिकार् गर्न सक्ने नहुदानै ति खुट्टाहरु काटिन पुग्छन्। एउटा पहाडको टुप्पामा एउटा झुपडी थियो। जस्को नाम खुलाउनु पर्ने कुनै जरुरि छैन। तेसैलाई मेरो बहिनी सहितको ४ सदस्सिय परिवारले घरको संग्या दिएको थियो। साहुको घरमा दिनभर् काम गर्दा पनि मेरो बुवाको कमाई परिवारको दुइ छाक् टार्नकोलागि अपर्याप्त थियो। भगवान तुल्य मेरो पिता लडाईमा हारेको शिकारिको अनुहार लिएर आउनु हुन्थ्यो। सायद लडाइको म्रित्यु त्यती कष्टकर हुने थिएन होला। आफ्ना सन्ततिको पेटको ज्वाला मेटाउने अधुरो आकांछ्याका साथ ओसिएका ति दाउरा हरुमा ढुङ्ग्रोले हावा फुक्नु हुन्थयो मेरि आमा। कतै सास तोडिने त हैन भन्ने जस्तो भयले सताउथ्यो मालाई। एति धेरै परिश्रम गर्दा पनि जिन्दगिका आधारभुत आवस्यकता पुरा गर्न नसकेकोमा खिन्न मेरा बुबाआमाको बिभत्स अनुहार् ले सोच्न बाध्य तुल्याउथ्यो, आखिर किन एस्तो असमानता? बा सधै कर्मलाई दोष दिनु हुन्थ्यो भने आमा पुर्व जन्मलाई। म सोच्थे भगवान् किन एति क्रुर? आफ्ना सन्ततीको दुःखलाई सहजै स्विकार्न सक्ने कस्तो प्रेम? अझ तेतिले नपुगेर ओतलाग्ने झुपडीपनि बगाएर लैजाने?


घर् बर्षाले लगेपछि हाम्रो परिवार नजिकैको सानो सहरमा एक कोठा भाडा लिएर बसेको थियो। मैनबत्तिका ति ज्वालामा मेरा नजरहरु एक भएका थिए। एस्तैमा एक सोच आयो। काल्कोठरिमा बलिरहेको त्यो प्रकासले जिस्काए जस्तो लाग्यो। जिन्दगिलाई बोझ बनाएर बाच्नु भन्दा के ही गर्नु पर्छ भन्ने सोचहरु आउन लागे। हेर्दा हेर्दै हावाको झोक्काले त्यो बत्ति निभाएर गयो, तर म भित्र भने एक अनौठो ताप श्रिजना हुन लाग्यो। साहुको गाडिमा खलासी बनेर हिड्न लागेको एक महिना भएको थियो। महिनाको कमाई घरमा बुझाएरम सधाकै जस्तै घर् बाट निस्के। मन्मा अनेकौ तरँग निस्किरहेका थिए। खाना खान हाइवेमा गाडि रोकियो। बस्मा काम गर्ने हुनाले साहुनी आफे आएर खाना दिन्थिन अनि उन्को सहरमा भएको होटलमा काम गर्ने केटा चाहिएको कुरा गर्न लागिन्। जिन्दगिको जुवा खेल्ने अठोट गरेको मलाइ सायद यो नै मौका हो जस्तो लाग्यो। गाडि सहरतिर हानियो, तर फर्किदा तेस गाडिमा म थिइन। अठोट गरेको थिए, के हि गर्छु!!!!!!!!!!!!!!!!


कलम समाउन आतुरमेरा औलाहरुले कुच्चो समाउन पुगे। एसरी पिडानै पिडा भरिएको मेरो जीवनले आशाका किरण देख्ला भन्ने कुरामा मलाईनै शंका हुन लागेको थियो। एसरिनै एक बर्ष पुगेछ। जिन्दगिका ८ सिसिर पार गरेछु मैले। अब अरु पार गर्न सकुला जस्तो लागेको थिएन।


मन्दिरका भगवान् ढुंगामात्र हुन्। एस्मा मलाऐ कुनै शंका थिएन। तर साछ्यात भग्वानपनि हुदा रहेछन्। त्यो मलाइ तेतिखेर थाहा भो जति बेलामा होटलमा आउनुभएका एक पाहुनाले मलाई आर्थिक सहयोग दिने बाचा गर्नु भयो। हिजो राति अलि धेरै काम थियो, थोरै सुतेको थिए। दिवा सपनाहोला भनि चिमोटे आफैलाई। ति माहामानवलाईपनि अनाएशै चिमोट्न पुगेछु। तर त्यो बिल्कुल बास्तबिकता रहेछ।


सरस्वतिको पुजाको दिन। ति माहामानबले मलाई स्कुल लगे भर्ना गर्नको लागि। पुजारी शिछ्एकले मन्दिरलगे। तर एस्पालि मन्दिरमा सधाको जस्तो ढुंगा थिएन। त्यहा एक जाज्वल्एमान ब्यक्तीको ब्यक्तित्व थियो।


मेरो अगाडी अनेकौ चुनौतीहरु छन्। यो नै कथाको अन्त्य हैन। तर एक सुनौलो कथाको सुरुवात भएको छ। ढुंगे भग्वानले बलात्कार गरेर छाडिदिएको मेरो जीन्दगिमा रौनकता थपिदिएका ति माहामानबको सहयोगलाई म तुहिने मौका दिने छेन।
आज स्कुलको पहिलो दिन्। किताबका पानाहरु मेरा आशुले भरिई सकेछन्। तर ति अनौठा आशुहरु थिए। एस्ता आशु मैले जीन्दगीमा अहिलेसम्म देखेको थिईन। तेस्लाई रोक्नुको सट्टा अझै झर्न दिए। तेसैबेलामा अलिकती बडि मेहनत गरेर बहिनीलाईपनि रुवाउने ईच्छ्या जाग्यो।

1 comment: